प्रतिष्ठानद्वारा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिष्ठानद्वारा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान


२४ श्रावण २०७४, मंगलबार


धनगढी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल पुर्नबास कञ्चनपुरको आयोजनामा सोमबार परासनमा नवनिर्वाचित पुर्नबासका नगर प्रमुख जीवन थापा, उप–प्रमुख शारदा बिष्ट लगायत ११ वटा वडाका वडाअध्यक्ष , सदस्यलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ ।

प्रतिष्ठानका पुर्नबास समितिका अध्यक्ष हेमन्ता शर्मा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल प्रदेश नं. ७ का संयोजक सुरत रावत ‘डोटेली कान्छा’ रहेका थिए । त्यस्तै बिशिस्ट अतिथि पुर्नबास नगरपालिकाका नगर प्रमुख जीवन थापा र उप–प्रमुख शारदा बिष्ट रहेका थिए ।

कार्यक्रममा नेपाल साँस्कृतिक संघ कैलाली क्षेत्र नं. ६ का सभापति तोयनाथ भट्ट, शालिग्राम शर्मा, राजेन्द्र प्रसाद अधिकारी, मन बहादुर गुरुङ, अंकित सिंह, मानबहादुर वड लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कलाकारहरुले आ–आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस