‘प्रदेश तथा केन्द्रको निर्वाचन एक साथ गर्नु उपयुक्त’– नेता पुन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘प्रदेश तथा केन्द्रको निर्वाचन एक साथ गर्नु उपयुक्त’– नेता पुन


२४ श्रावण २०७४, मंगलबार


बुटवल । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रदेश तथा केन्द्रको निर्वाचन एक साथ गर्नु उपयुक्त हुने धारणा व्यक्त गरेका छन् ।

प्रदेश नं. ५ को सचिवालय बैठकका लागि यहाँ आएका पुनले मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन आयोगलाई मुख्य तीन दलले एक साथ निर्वाचन गर्न अनुरोध गरेको र आयोग पनि यसमा सकरात्मक रहेको बताए । उनले संवैधानिक व्यवस्थाका कारण निर्धारित समयमै दुवै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले त्यसका लागि दुवै निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने बताउँदै भने “यसबाट साधन र स्रोतको समेत बचत हुनेछ ।” रासस

Tags :
प्रतिक्रिया दिनुहोस