टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते


२३ श्रावण २०७४, सोमबार


धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा टिपरले पैदलयात्रुलाई आज बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

बैरेनीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ३१०५ नं.को टिपरले सडकछेउमा हिँडिरहेका चारजनालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरी उपरीक्षक शरद खत्रीले बताए । दुर्घटनामा धुनीबेसी नगरपालिका–९ का १८ वर्षीय अजय तामाङको मृत्यु भएको छ । टिपर ठक्कर दिएपछि घटनास्थलबाट भागेको र घाइते तीन जनालाई उपचारका लागि काठमाडौँ वीर अस्पताल पठाइएको छ । टिपर चालकलाई पछि प्रहरीले पक्राउ गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस