सबै एकजुट भई अघि बढ्नुपर्ने : महामन्त्री कोइराला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सबै एकजुट भई अघि बढ्नुपर्ने : महामन्त्री कोइराला


२३ श्रावण २०७४, सोमबार


नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकको विकासमा सबै एकजुट भई अघि बढ्नुपर्ने विचार व्यक्त गरेका छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट विजयी निर्वाचित जनप्रतिनिधिलाई नवलपरासीको देवचुली नगरपालिकामा आइतबार आयोजित सम्मान तथा समीक्षा कार्यक्रममा महामन्त्री कोइरालाले सो कुरा बताएका हुन् ।

सोही अवसरमा उनले स्थानीय तहको बाँकी २ नं. प्रदेशको निर्वाचनबाट नेपाली काँग्रेस पहिलो पार्टी बनेर मुलुकको विकासलाई अगाडि बढाउने उल्लेख गरे ।

महामन्त्री कोइरालाले अब स्वदेशमै रोजगारीको सिर्जना गरी लाखौँ युवालाई रोजगारी प्रदान गर्ने योजना बनाउन लागेको बताए ।

कार्यक्रममा डा. कोइरालाले जनप्रतिनिधिले योजना बनाउँदा किसानको परिवारलाई मध्यनजर गरेर योजना बनाउनुपर्नेमा पनि जोड दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस