गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


२१ श्रावण २०७४, शनिबार


छोप्छु काम्लोले झुप्रो जल्दा ।
गर्छु म खण्डन हल्ला चल्दा ।

सपथ त लिन्छु, ओठ चलाई
तर झेल गर्छु, खेला खेल्दा ।

गर्छु निर्णय, भ्याइनभ्याई
पछुताउँछु, फुर्सत मिल्दा ।

मुद्दा हाल्दछु, वकिल राखी
तोरी नआए, कोदो पेल्दा ।

आँखा चिम्लीई, विवेक हेर्छु
ङिच्च हाँस्दछु, मोसो दल्दा ।

वृक्ष रोप्दछु, बीउ नै नहेरी
ठोक्छु टाउको, काउसो फल्दा ।

प्रतिक्रिया दिनुहोस