जग्गा खरिद प्रकरणमा कुनै अनियमितता भएको छैनः निगम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जग्गा खरिद प्रकरणमा कुनै अनियमितता भएको छैनः निगम


२० श्रावण २०७४, शुक्रबार


काठमाडौँ । जग्गा खरिद प्रकरणमा कुनै अनियमितता नभएको भन्दै नेपाल आयल निगमले विभिन्न सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित समाचारप्रति आपत्ति जनाएको छ ।

निगमले बिहिबार पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थको भण्डारणका लागि झापा, सर्लाही, चितवन र रुपन्देहीमा गरिएको जग्गा खरिद प्रक्रियामा घोटाला भएको भनी संसदीय समितिले आशंका गर्नु र समाचार बाहिर आउनुमा कुनै सत्यता नभएको जिकिर गरेको छ ।

सम्मेलनमा निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जग्गा खरिद गर्ने निर्णय विधिसम्मत भएको र खरिदका क्रममा कुनै पनि अनियमितता नभएको बताए । निगमले जग्गा खरिदको विषयमा संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरू गरिसकेका सन्दर्भमा त्यसबारे अड्कलबाजी नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस