डीएसपी दासलाई निलम्वन नगर्न सर्वोच्चको आदेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डीएसपी दासलाई निलम्वन नगर्न सर्वोच्चको आदेश


१९ श्रावण २०७४, बिहिबार


काठमाडौं । सर्वोच्च अदालतले डीएसपी सन्जिव शर्मा दासको निलम्वन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको इजलाशले निलम्वन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

उनलाई पाँच वर्षअघि रामेछापको साबिक सैपू गाविस–१ सिरिसेमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्या प्रकरणका मुख्य अभियुक्त श्याम राउतलाई उन्मुक्ति दिई भगाएको आरोप लागेको थियो ।

सर्वोच्चले निलम्बन नगर्न अन्तरिम आदेश दिएसँगै दासका लागि बढुवाका लागि बाटो खुलेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस