र्सोच्चको आदेश : भरतपुर १९ मा फेरि मतदान गराउने आयोगको निर्णय सदर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

र्सोच्चको आदेश : भरतपुर १९ मा फेरि मतदान गराउने आयोगको निर्णय सदर


१६ श्रावण २०७४, सोमबार


काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा फेरि मतदान गर्ने निर्ण गरेको छ ।

न्यायाधीशद्वय ओम प्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।

निर्वाचन आयोगको निर्णयलाई सदर गर्नू भन्ने आदेश जारी भएको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।

च्यातिएका मत बदर गरिपाउ भन्दै एमालेका गुन्जमान विकले माग गरे बमोजिम च्यातिएका मतपत्र बदर गर्ने कुरा कानुनसम्मत नभएको फैसलामा उल्लेख गर्दै सर्वोच्चले यस्तो फैसल गरेको हो । भरतपुर प्रकरणमा आयोगले गरेको अध्ययनमा ९० मत च्यातिएको भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस