भरतपुर मुद्दाको फैसला आज, के आउला आदेश ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भरतपुर मुद्दाको फैसला आज, के आउला आदेश ?


१५ श्रावण २०७४, आइतबार


काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला आज हुँदैछ ।

सर्वोच्च अदालतमा जेठ २१ गते दायर भएको रिटमा अन्तरिम आदेश जारी हुने वा नहुने विवाद करिव दुई महिनासम्म पनि टुंगीन सकेको छैन ।

भरतपुरको मतगणना भइरहेका बेला मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णयविरुद्ध गत जेठ २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । महानगरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भएको छ ।

न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा मुद्धा हेर्दाहेर्दैमा सुनुवाइ भइरहेको छ। आज भरतपुर प्रकरणले निकास पाउने अपेक्षा गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस