पर्यटकिय स्थल घोडाघोडीमा खिर खाने कार्यक्रम सम्पन्न « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पर्यटकिय स्थल घोडाघोडीमा खिर खाने कार्यक्रम सम्पन्न


१५ श्रावण २०७४, आइतबार


कैलाली । कैलाली जिल्लाको पर्यटनिकय स्थनल घोडाघोडीमा खिर खाने कार्यक्रम सम्पन्न भएको छ । हाम्रो अभियान लोक सस्कृतिको संरक्षण श्रष्ठाको सम्मान, नव प्रतिभालाई प्रोत्सान भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रस्तिठान कैलालीको आयोजनामा खिर खाने कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कलाकारहरुले बिभिन्न साहित्यीक तथा साँस्कृतिक प्रस्तुति पस्केका थिए । प्रतिस्ठानका अध्यक्ष दान बहादुर बोगटीको अध्यक्षमा सम्पन्न कार्यक्रमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रस्तिठन नेपाल प्रदेश नम्बर ७ का संयोजक सुरत रावत ‘डोटेली कान्छा’ प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा सेती अञ्चल संयोजक पदम धामी, बरिष्ठ उपाध्यक्ष दामोदर रिजाल, महासचिब दीर्घ फुलारा लगायतका बक्ताले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा जिबन थापा, जिबन गुरुङ, छत्र सापकोटा, निर्मला मौनी, भक्त राज जोशी र लाल सुनार लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति पस्केर दर्शकहरुलाई मनोरन्जन दिएका थिए ।

कार्यक्रममा देउडा गायीका तथा घोडाघोडी नगपालिकाकी उपमेयर प्रेम कुमारी थापा, वडा नम्बर एकका वडा अध्यक्ष मनराज शाहीलाई सम्मान पनि गरेको थियो । हराई रहेको आफ्नो कला संस्कृति बचाउनको लागी यस्तो कार्यक्रमको आयोजना गरेको संयोजक डोटेली कान्छाले बताए ।

प्रतिक्रिया दिनुहोस