आमाहरूप्रति « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

आमाहरूप्रति


१४ श्रावण २०७४, शनिबार


नदीहरू हुन् आमा
सागर भेट्ने हतारमा
बिर्सन्छन् आफ्नै खुसीहरू
मन्दिरका आरती हुन् आमा
खुसी पार्न भक्तहरूलाई
चढाउँछन् आफ्नै वाणीहरु ।

लाग्छ
संसार नै एउटा अनोठौ कहानी
कहानीहरुका सार हुन् आमा
लुकाएर दुःखको कुटुरो
सुखको बिहानी बोलाउने
अनौठा उभार हुन् आमा ।

न सगरतृष्णा छ कुनै
न अमृत चाह छ कुनै
हिउँझै कोमल मन सुअर
ममताका बिस्कुन
सुकाइरहन्छन् आमा ।

कसेर भोकमा पटुकी
सदा तृप्त रहने
पिएर जीवननिशा
सदा प्रदीप्त रहने
हृदयका ढुकढकी हुन् आमा ।

फुलेर मानव बागमा
स्वाभिमानको पाठ सिकाउने
बनेर अमर तेजस्वी सूर्य सरह
उज्यालोको शडखघोष गर्ने
शीतल चन्द्र बनी उदाएर
शालीनताको उपमा बन्ने
हृदयका सुरक्षाकवचहरू हुन् आमा ।

Tags :
प्रतिक्रिया दिनुहोस