गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


१४ श्रावण २०७४, शनिबार


बाहुला सुर्केर, छाती देखाएर तर्साउन नखोज ।
छुरी समाई माथि देखाएर तर्साउन नखोज ।

न सगरमाथा झुक्ला, न शिर झुक्ला कहिल्यै
चुल्ठे मुन्द्रे साथी देखाएर तर्साउन नखोज ।

दुर्गा र काली बन्न सक्छन् मेरा छोरीहरु
आफ्ना छोरा नाति देखाएर तर्साउन नखोज ।

पत्थर हो यो मुटु चुम्बकले तान्न सक्दैन
यादहरुको ताँती देखाएर तर्साउन नखोज ।

Tags :
प्रतिक्रिया दिनुहोस