गजल « प्रशासन
Logo ७ चैत्र २०७९, मंगलबार
   

गजल


१४ श्रावण २०७४, शनिबार


मायामा जालझेल गरेर
अर्कैको सिन्दुर भरेर

नसर भो अब नजिक
हजारौ जंघार तरेर

मुखमा राम राम भनेर
बगलिमा छुरा धरेर

अर्को जुनी जिउदै छु
एउटा जीन्दगी मरेर

ठुलै गल्ती गरेछु मैले
पर्नै नहुनेको भर परेर

Tags :
प्रतिक्रिया दिनुहोस