देउडा गीत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

देउडा गीत


१४ श्रावण २०७४, शनिबार


छोरा खोद्दा समाजमी छोरी गर्भै मारी
बुझ समाज नारी नै हुन् सृष्टिकर्ता धारी

नाताई न रन्लाग्यो अब रगतकै पनि
धन्न पापी कलि युग यसो केलाई बनि

यसा सन्तान लाग्या पछि काटि दिनु घाटि
अनौठा खबर आउना यै फेसबुक बाटि

ए पापी कलंकहरु जवाफ दिय मलाई
आमाका गर्भमि तैले किन शिसु फलाई

बल्ल था हुँदैछ आज कलि युग भन्या
कति छन् अभागि चेली बाउकै सिकार बन्या

पापीलाई कैल न हुनु हेशिव जी दाइनो
न रन्छ रगतको नाता नत रन्छ साइनो

बस्ने मन छैन अब यै धर्तिमी बास
गरि दे सुर्यका प्वाल पृथ्विको नास

Tags :
प्रतिक्रिया दिनुहोस