गजल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गजल


१४ श्रावण २०७४, शनिबार


फेरी एउटा मौका दिएको छ इतिहासले
सफलता नमिल्न सक्छ एउटै प्रयासले

मृत्युको कुनै देश हुँदैन कुनै समय हुँदैन
गर्न सक्दैन मित्रता घोडाहरुसँग घाँसले

चुपचाप हुनुको अर्थ कदापि शान्ती होइन
समय आएपछि बोल्छन् चिहान र लासले

प्रेमिका मर्न सिकाउँछिन, श्रीमतीले बाँच्न
जसरी उभिन सिकाउँछ रुखलाई बतासले

डर आगोसँग होइन डर पोलाईसँग हुन्छ
कैयौं थुप्रो आशलाई कैद गरेको छ सासले

प्रतिक्रिया दिनुहोस