अनसनरत डा. केसी र सरकारका प्रतिनिधिबिचको वार्ता निश्कर्षबिहिन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अनसनरत डा. केसी र सरकारका प्रतिनिधिबिचको वार्ता निश्कर्षबिहिन


१३ श्रावण २०७४, शुक्रबार


काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर विगत ५ दिनदेखि त्रिवि शिक्षण अस्पताल हातामा आमरण अनसनमा रहेका डा. गोविन्द केसी र सरकारी वार्ता टोली बिच आज भएको वार्ता निश्कर्षबिहिन भएको छ ।

११ औं पटक अनशन बसेका डा. केसीका मागबारे शनिबार पुनः वार्ता गर्ने सहमतिका साथ वार्ता टुंगीएको छ ।

वार्ताका लागि सरकारले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएको छ। समितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. किरण रेग्मी र प्रधानमन्त्री कार्यालयका सचिव गोपीनाथ मैनाली सदस्य छन्।

डा. केसी ५ दिनदेखि माथेमा आयोगको प्रतिवेदनमा आफूहरुले दिएको सुझावलाई समेटेर एकीकृत चिकित्सा शिक्षा ऐन बनाउन माग गर्नुका साथै आईओएमको खोसिएको अधिकार फिर्ता गर्न, क्याम्पस प्रमुख नियुक्त गर्न र त्रिवि पदाधिकारीलाई काबारही माग गर्दै आमरण अनसन बसेका छन् ।

डा. केसीका तर्फबाट डा. वाईपी सिंह, डा. रञ्जन सापकोटा तथा डा. जीवन क्षेत्री वार्तामा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस