टाटा सुमो दुर्घटनामा चौध घाइते « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

टाटा सुमो दुर्घटनामा चौध घाइते


१३ श्रावण २०७४, शुक्रबार


पाँचथर । सदरमुकाम फिदिम नगरपालिका– ४ सारान्थामा केही बेरअघि भएको टाटा सुमो दुर्घटनामा १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये रमिला खपाङ्गी र उनको शिशुका साथै चालक राईलाई उपचारका लागि जिल्ला बाहिर पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

फिदिमदेखि मेमेङतर्फ जाँदै गरेको मे१ज १८९२ नं.को टाटा सुमो विपरीत दिशाबाट आइरहेको गाडीलाई बाटो दिने क्रममा सडकदेखि करिब ६० मि तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नकुल पोख्रेलले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस