सात प्रदेश र काठमाडौँ उपत्यकामा आठ पृतना स्थापना गरिने « प्रशासन
Logo १९ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सात प्रदेश र काठमाडौँ उपत्यकामा आठ पृतना स्थापना गरिने


१३ श्रावण २०७४, शुक्रबार


नेपाली सेना

काठमाडौँ । रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली सेनाको सक्षम जनशक्ति, चेनअफ कमाण्डर छोटो समयमा गुणस्तरीय पूर्वाधार निर्माणको अनुभवले द्रुत मार्गले तोकिएको समयावधिभित्रै पूर्णता पाउने बताएका छन् ।

शुक्रबार आयोजित साक्षात्कारमा उनले सेनालाई विकास निर्माणको थप जिम्मेवारी दिन कार्यक्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउँदै मुलुकका विकट क्षेत्रका सडक निर्माणमा सेनाले गर्दै आएको कार्य मूल्यांकनका आधारमा राजधानीसँग तराई–मधेसलाई जोड्ने छोटो दूरीको द्रुत मार्ग निर्माणको जिम्मेवारी दिइएको स्पष्ट गरे ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन सेना खटाइने गरेको इतिहासको स्मरण गराउँदै रक्षामन्त्री प्रधानले दुई चरणको स्थानीय तहको निर्वाचनपछि चुनाव भाँड्छौँ, हुन दिन्नौँ भन्ने पक्षले चुनावमा भाग नलिँदा कति क्षति हुँदोरहेछ भन्ने बुझिसकेको हुनुपर्छ भने ।

रक्षामन्त्री प्रधानले मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेसँगै नेपाली सेनाको संरचना त्यसअनुरुपको बनाउने सन्दर्भमा सात प्रदेशमा सात र काठमाडौँ उपत्यकामा एक पृतना स्थापना गर्ने कार्य अघि बढिसकेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस