बोको हरामको आक्रमणमा परी नाइजेरियामा पचास जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बोको हरामको आक्रमणमा परी नाइजेरियामा पचास जनाको मृत्यु


१३ श्रावण २०७४, शुक्रबार


नाइजेरिया । नाइजेरियाको उत्तरपुर्वी क्षेत्रमा बोको हराम समूहले गरेको आक्रमणमा परी ५० जना भन्दा बढीको मृत्यु भएको छ ।

तेल अनवेषणकर्ताहरूको समुहलाई लक्षित गरी यसै हप्ता भएको आक्रममा परी उनीहरूको मृत्यु भएको चिकित्सक तथा मानवअधिकारकर्मीहरूले जनाएका छन् ।

घटनास्थलबाट माइदुगुरी विश्वविद्यालयमा कार्यरत भूगर्भविद् र सर्वेक्षकहरूको उद्दार गरिएको बताइएको छ ।

आक्रमणकारीहरूले थापेको एम्बुसमा परी तेल अन्वेषण समूहका कम्तीमा पाँच सदस्य मारिएको अधिकारीहरूले जनाएका छन् । एम्बुसमा सिपाही र आक्रमणकारी समुहका सदस्य पनि मारिएको बताइएको छ ।

बोको हराम विद्रोह सन २००९ मा शुरु भए यता कम्तीमा २० हजार मारिएका र हजारौं अपहरणमा परेका संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ ।

सरकारी सेनाले बुधबार भएको आक्रमणमा दश जनाको मृत्यु भएको जनाएको छ । मैगुमेरी भन्ने ठाँउमा भएको घटनास्थलबाट प्रहरीले ४७ जनाको शव बुधबार नै निकालेको थियो । रासस÷एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस