जिप दुर्घटनामा एकको मृत्यु, एकजना गम्भीर घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जिप दुर्घटनामा एकको मृत्यु, एकजना गम्भीर घाइते


१३ श्रावण २०७४, शुक्रबार


बस दुर्घटना

कलैया । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बारा सिमरा–जितपुर उपमहानगरपालिका वडा नं. १६ मा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

माछा राखेर काठमाडौँतर्फ गइरहेको ग२च २३२० नं. को बोलेरो पिकअप जिप सो राजमार्गको गजुरा खोलामा खस्दा माछा व्यापारी झापा बिर्तामोड–९ बस्ने ४५ वर्षीय प्रभु सहनीको घटनास्थलमा मृत्यु भएको हो ।

जिप चालक चितवन, भरतपुर–७ बस्ने ४९ वर्षीय चिजमान श्रेष्ठ गम्भीर घाइते भई हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताए । रासस

प्रतिक्रिया दिनुहोस