अनसनरत डा. केसीसँग वार्ता आज हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अनसनरत डा. केसीसँग वार्ता आज हुने


१३ श्रावण २०७४, शुक्रबार


काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर विगत ५ दिनदेखि त्रिवि शिक्षण अस्पताल हातामा आमरण अनसनमा रहेका डा. गोविन्द केसी र सरकारी वार्ता टोली बिच आज वार्ता हुने भएको छ ।

११ औं पटक अनशन बसेका डा. केसीसँग वार्ताका लागि सरकारले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएको छ। समितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. किरण रेग्मी र प्रधानमन्त्री कार्यालयका सचिव गोपीनाथ मैनाली सदस्य छन्।

डा. केसी माथेमा आयोगको प्रतिवेदनमा आफूहरुले दिएको सुझावलाई समेटेर एकीकृत चिकित्सा शिक्षा ऐन बनाउन माग गर्नुका साथै आईओएमको खोसिएको अधिकार फिर्ता गर्न, क्याम्पस प्रमुख नियुक्त गर्न र त्रिवि पदाधिकारीलाई काबारही माग गर्दै आमरण अनसन बसेका छन् ।

डा. केसीका तर्फबाट डा. वाईपी सिंह, डा. रञ्जन सापकोटा तथा डा. जीवन क्षेत्री वार्तामा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस