प्रचारप्रसार नहुँदा चुली पोखरी ओझेलमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रचारप्रसार नहुँदा चुली पोखरी ओझेलमा


१२ श्रावण २०७४, बिहिबार


मोरङ । आन्तरिक पर्यटनको सम्भावना रहेको मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा अवस्थित चुली पोखरीको प्रचारप्रसार र प्रवद्र्धन नहुँदा ओझेलमा परेको छ ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सो पोखरी पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो । घनाजङ्गलले ढाकेको चुली पोखरीबाट प्रकृतिको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

स्थानीयबासी रुद्र भण्डारीका अनुसार परापूर्वकालमा चुली पोखरी क्षेत्रमा राजा र रानी नाम गरिएका दुईवटा पोखरी थिए । कालान्तरमा पश्चिममा रहेको रानी पोखरी सुकेपछि राजा पोखरी मात्र रहन पुगेको जनविश्वास रहेको छ ।

सो क्षेत्रमा सडक, विद्युत् र खानेपानीको अभाव भएकाले पनि पर्यटकको आगमनमा कठिनाइ हुने गरेको उनी बताउछन् । चुली पोखरी क्षेत्रमा ३५ घर रहेका छन् ।

चुली पोखरीको प्रवद्र्धनका लागि मिक्लाजुङ गाँउपालिकाले चासो देखाएको छ । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले चुली पोखरीको प्रवद्र्धन र प्रचारप्रसार गर्नका लागि योजना बनाएर अघि बढ्ने बताए ।

गाउँपालिकाबाट बजेट विनियोजन गरेर त्यस क्षेत्रको विकास गर्दै कला÷संस्कृतिको विकासमा जोड दिने आचार्यको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस