ह्याम्मरले हानेर श्रीमतीको हत्या « प्रशासन
Logo १२ आश्विन २०८०, शुक्रबार
   

ह्याम्मरले हानेर श्रीमतीको हत्या


१२ श्रावण २०७४, बिहिबार


दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित मालेबगरमा एक व्यक्तिले बुधबार ह्याम्मरले हानेर श्रीमतीको हत्या गरेका छन् ।

उनन्तीस वर्षीय कुमार राईले ह्याम्मरले हानेर ३५ वर्षीया श्रीमती बुद्धिमाया राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले बताए । मोरङ मधुमल्ला गाउँपालिका–३ घर भई हाल विष्णुबहादुर विकको घरमा डेरा गरी बस्दै आएका राईले श्रीमतीलाई ह्याम्मरले हानेर हत्या गरेको जानकारी उनले दिए ।

आवेशमा आएर उनले ह्याम्मरले हान्दा बुद्धिमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने कुमारलाई इलाका प्रहरी कार्यालय, बेलचौताराले तत्कालै नियन्त्रण लिएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालतर्फ पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस