विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता


११ श्रावण २०७४, बुधबार


काठमाडौँ । मुलुकलाई समृद्धितर्फ लैजाने मूल उद्देश्यका साथ विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको छ ।

आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी दुई पार्टी एक भएको जानकारी दिइयो । एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ ।

एकीकरण भएसँगै पार्टीको केन्द्रीय समिति ३४ सदस्यीय बनाइएको छ । जसमा रवीन्द्र मिश्र, उज्वलबहादुर थापा, अनुषा थापा, सूर्यराज आचार्यलगायत रहेका छन् । दुवै पार्टीका चार÷चार जना रहने गरी संयोजन समिति निर्माण गरिएको छ । मिश्र र थापा सहसंयोजकका रुपमा रहेका छन् । बैठकको अध्यक्षता भने मिश्रले गर्ने बताइएको छ ।

त्यसैगरी प्रत्येक प्रदेशमा एक एक जना प्रदेश संयोजकको भूमिकामा रहने पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

पार्टी एकिकरण कार्यक्रममा बोल्दै पार्टीका संयोजक रवीन्द्र मिश्रले संविधानले दिएको अधिकार प्रयोग गर्दै मुलुकको मुल्य मान्यतालाई आत्मसाथ गरी देश विकासमा लाग्ने विश्वास दिलाए ।

सोही अवसरमा संयोजक मिश्रले आफ्रनो पार्टीको सक्रियतामा सन् २०३० सम्ममा नेपाललाई न्युन आयबाट मध्यम आयमा लगिने पनि बताए ।
अर्का संयोजक उज्वल बहादुर थापाले देशलाई आर्थिक विकास र संवृद्धि गर्नको लागि पार्टी एकता भएको जानकारी गराए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस