यू-१९ विश्वकप छनोट– अफगानिस्तानद्वारा नेपाल सामु १९६ रनको लक्ष्य प्रस्तुत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यू-१९ विश्वकप छनोट– अफगानिस्तानद्वारा नेपाल सामु १९६ रनको लक्ष्य प्रस्तुत


१० श्रावण २०७४, मंगलबार


काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोटमा अफगानिस्तानले नेपालसामू १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १९५ रन बनायो ।

ओपनर जादरानले ११४ बलमा ७ चौका र ५ छक्काको मदतमा १०१ रन बनाए । छैटौं विकेटका रुपमा दिपेन्द्र सिंह ऐरीले साहब आलमको हातबाट जादरानलाई क्याच गराए ।

यस्तै अफगानिस्तानका इक्राम अलीले २४ तथा नाभिद ओबैडले २२ रन जोडे । नेपालका लागि साहब आलमले ४, दिपेन्द्र सिहं एरीले ३ तथा कप्तान सन्दिप लामिछाने र पवन सर्राफले समान एक–एक विकेट लिए ।

नेपालले केहीबेरमा अफगानिस्तान बिरुद्ध जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस