प्रदेश नम्बर २ मा पनि एमाले पहिलो हुन्छः सचिव ज्ञवाली « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रदेश नम्बर २ मा पनि एमाले पहिलो हुन्छः सचिव ज्ञवाली


९ श्रावण २०७४, सोमबार


सञ्चार क्षेत्रको विश्वसनीयतामाथि प्रश्न !

नगरकोट । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रदेश नं. २ को निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्तिका रुपमा आउने दाबी गरेका छन् । उनले निर्वाचन किस्ताबन्दीमा नभइ प्रदेश र संसद्को निर्वाचन पनि एउटै समयमा गर्नुपर्छ र यसका लागि एमाले तयार छ भने ।

रफत सञ्चार क्लब भक्तपुरमा आज आयोजित साक्षात्कार कार्यक्रममा सचिव ज्ञवालीले आफ्नो दल भने राजपालाई निर्वाचनमा ल्याउने पक्षमा भए पनि सत्तारुढ दलले राजपालाई निर्वाचनबाट टाढा राख्न खोजिरहेको आरोप लगाए । उनले स्थानीय तहको निर्वाचनका क्रममा भरतपुर घटनाका दोषीलाई सरकारले कारबाही गर्न सकेको छैन भने ।

सत्तारुढ दलकै कारण समयमै मन्त्रिमण्डल विस्तार हुननसकेको भन्दै सचिव ज्ञवालीले एमाले संविधान संशोधनको पक्षमा भएपनि सत्तारुढ दल भने एमालेसँगको सल्लाहबिनै एकतर्फीरूपमा अघि बढेको गुनासो गरे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस