बास्केटबल प्रतियोगितामा ज्ञाननिकेतन र एचएचसीएको जित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बास्केटबल प्रतियोगितामा ज्ञाननिकेतन र एचएचसीएको जित


९ श्रावण २०७४, सोमबार


काठमाडौं । ज्ञाननिकेतन र हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) ले ११ औं श्रीदिवा मन्सुन मिट अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ आइतबार जित हात पारेका छन् ।

ज्ञाननिकेतनले स्किब्सलाई ६२–३८ ले पराजित ग¥यो । विजयी टिमका लागि मनीष तामाङले १८ अंक जोडे । डिफेन्डिङ च्याम्पियन एचएचसीएले आयोजक श्रीदिवा इन्टरनेसनल स्कुललाई ४४–३४ ले हरायो । एचएचसीएको जितमा प्रवीण राई ले १४ अंक योगदान गरे ।

ब्वाइजकै अन्य लिग खेलमा बुद्ध एकेडेमीले काठमाडौं जेभियरलाई ४६–१८, विल्सन एकेडेमीले युनिभर्सललाई ५०–२२ तथा डाफोडिलले माउन्ट कैलाशलाई ३८–३७ ले पन्छाए । बुद्धका संगम तामाङले १३, विल्सनका पेम्बा शेर्पाले २१ र डाफोडिलका कुशल शाक्यले १७ स्कोर गरे ।

गल्र्समा स्किब्स र डाफोडिलले सफलता हात पारे । देबुना केसीको ९ अंक सहयोगमा स्किब्सले बाल सिर्जनालयलाई २२–१७ ले पराजित ग¥यो । डाफोडिलले युनिर्भिसलमाथि २४–२३ को कठिन जित दर्ता ग¥यो । डाफोडिलकी छिमी तामाङले १४ अंक जोडिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस