पर्यटन प्रवद्र्धनका लागि सिमसारमा डुंगा चलाउन शुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पर्यटन प्रवद्र्धनका लागि सिमसारमा डुंगा चलाउन शुरु


८ श्रावण २०७४, आइतबार


मोरङ । उर्लाबारी–२ मंगलबारेमा रहेको बेतिनी सिमसारमा दुईवटा डुंगा चलाउन शुरु गरिएको छ ।

बेतिनी सिमसार व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद दाहालका अनुसार सिमसारमा अवस्थित पोखरीमा ती डुंगा सञ्चालनमा ल्याइएको हो ।

उर्लाबारी नगरपालिकाले सिमसारको विकासका लागि नगरपालिकाले बजेट छुट्याउने भएपछि सिमसार विकासको काम अगाडि बढाइएको हो ।

बेतिनी सिमसारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नुका साथै जैविक विविधता संरक्षणमा पनि ठूलो भूमिका खेल्ने उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको भनाइ छ । उनले भने– “पर्यटन प्रवद्र्धन गरेर यो ठाउँको विकासमा सिमसारले महत्वपूर्ण सहयोग गर्छ ।

सिमसारमा राखिएका ती दुईवटा डुंगा एक लाख ९० हजार खर्चिएर ल्याइएको हो । डुंगा चढेबापत प्रतिव्यक्ति रु ५० लिने सिमसार व्यवस्थापन समितिले जनाएको छ ।

उक्त सिमसार परिसरमा बाल उद्यान निर्माणको कामसमेत भइरहेको सिमसार व्यवस्थापन समितिका सचिव गोपाल खरेलले बताए ।

सिमसारको शहर भनेर घोषणा गरिएको उर्लाबारीमा बेतिनी, लामपाते, बुढाठाकुर सिमसारलगायत अन्य सिमसार क्षेत्र पर्छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस