धनगढी । डोटेली समाज धनगढी, कैलालीको आयोजनामा स्थानीय तहको निर्वाचनमा निर्वाचित धनगढी उप–महानगरपालिकाका जनप्रतिनीधीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पनन भएको छ ।
शनिबार धनगढीमा भएको कार्यक्रममा नगर प्रमुख नृप वड, उप–प्रमुख शुसिला मिश्र भट्ट, १९ वटै वडाका अध्यक्ष र सदस्यलाई बधाई तथा शुभकामना दिईएको हो । डोटेली समाज धनगढीका अध्यक्ष डिल्लीराज पन्तको अध्यक्षमा भएको कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ समाजसेवी बद्रिनाथ भण्डारी रहेका थिए ।
कार्यक्रममा नेपाल प्राध्यापक सघका केन्द्रिय उपाध्यक्ष जगन्नाथ जोशी, नेपाली लेखक संघका कैलालीका अध्यक्ष गणेश नेपाली, आदर्श सेवा समाजका अध्यक्ष तिर्थराज पाण्डेय् र नेपाल बाल संगठनका केन्द्रिय सदस्य शेर सिह खड्काले निर्वाचीत प्रतिनीधीलाई शुभकामना दिदै जनताको चाहना अनुसार काम गर्न आग्रह गरे ।
कार्यक्रममा साहीत्यकार र कलाकारहरुले आफ्नो प्रस्तुती पनि राखेका थिए । डोटेली समाज धनगढीका सचिव सुरत रावत डोटेली कान्छाले कार्यक्रम सञ्चालन गरेका थिए ।