माओवादी केन्द्रको सचिवालय बैठक सम्पन्न « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादी केन्द्रको सचिवालय बैठक सम्पन्न


८ श्रावण २०७४, आइतबार


काठमाडौं । सोमबारदेखि सुरु भएको ने.क.पा. माओवादी केन्द्रको सचिवालय बैठक शनिबार दिउँसो सम्पन्न भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठक विभिन्न निर्णय गर्दै शनिबार सम्पन्न भएको हो ।

बैठकमा पार्टी सचिवालय सदस्यहरुले निर्वाचनको समीक्षा, पार्टी पूनर्निर्माण र आगामी योजनाबारे आफ्नो रिपोर्ट र धारणा राख्नुभएको थियो । शनिबारको बैठकमा नेता रामबहादुर थापा बादलले आफ्नो धारणा राख्नुभएको थियो भने नेताहरुले उठाएका जिज्ञासा, समीक्षा र आगामी योजना लगायतका विषयमा बैठकमा अध्यक्ष दाहालले आफ्नो धारणा राख्दै बैठक समापन गरेका थिए ।

सचिवालय बैठकले गरेका महत्वपूर्ण निर्णयहरुबारे जानकारी गराउन आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा विशेष पत्रकार सम्मेलनको आयोजना गरिएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिए । आइतबारको पत्रकार सम्मेलनलाई पार्टी अध्यक्ष दहालले सम्बोधन गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस