गजल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गजल


७ श्रावण २०७४, शनिबार


अधेरीमा टहटह जुन खोज्छ मान्छे ।
भोजनमा स्वादिलो नुन खोज्छ मान्छे ।।

गरीबी र अभावले जति सताओस सधैं ।
शानका लागि भनी सुन खोज्छ मान्छे ।।

पाईदैन आनन्द हिरा मोति भित्र कहिल्यै ।
त्यहां संगीतको मन बुझ्ने धुन खोज्छ मान्छे ।।

कुरा गर्ने ठूला ठूला ठूलै हुं भन्ने आफूलाई ।
आएपछी त्याग्नु पर्ने बेला रुन खोज्छ मान्छे ।।

कमजोरलाई हेपेकाछन मौका पायो भने ।
बलशालीको खुबै साख्खै हुन खोज्छ मान्छे ।।

प्रतिक्रिया दिनुहोस