गजल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गजल


७ श्रावण २०७४, शनिबार


असल देउ मलाई, खराब देउ मलाई ।
ती नयनमा हुँदै बग्ने, शराब देउ मलाई ।।

गल्तिका पानाहरु फाली हाम्रो सम्बन्धको ।
स्नेह–प्रेमले भरिएको, किताब देउ मलाई ।।

म सोध्छु प्रस्न प्रमले, प्रेमकै कुराहरु ।
तिमी प्रेमपूर्ण बनेर, जवाफ देउ मलाई ।।

म प्रेम दिइरहनेछु, ढुकढुकि चलेसम्म ।
भन्ने छैन प्रेमको, हिसाब देउ मलाई ।।

Tags :
प्रतिक्रिया दिनुहोस