नक्कली लाइसेन्स बनाउने दुई पक्राउ « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नक्कली लाइसेन्स बनाउने दुई पक्राउ


६ श्रावण २०७४, शुक्रबार


पर्सा । सरकारी कागज तथा छाप किर्ते गरी नक्कली चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले एक भारतीयसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सोे अभियोगमा पक्राउ परेका भारत बिहार रक्सौलको जोखियाडी निवासी दीपक ठाकुर र वीरगन्ज महानगरपालिका– ११ श्रीपुर निवासी उमेश चौधरीलाई सार्वजनिक गरेको हो ।

प्राप्त सूचनाको आधारमा बिहीबार बेलुका रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका दीपक र उमेशलाई रजतजयन्ती चोकमा रोकी जाँच गर्दा चालक अनुमति पत्र बनाउन प्रयोग हुने सामग्री बरामद भएकाले अनुसन्धानका लागि दुबैजनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिए ।

छानबिनका क्रममा दीपक र उमेशबाट विभिन्न व्यक्तिको लाइसेन्स चार थान, होलो ग्राम स्टिकर ६ थान, विभिन्न व्यक्तिको फोटो ३८ थान, राजश्व तिरेको रसिद पाँच थान, तयार भएको नक्कली लाइसेन्स एक थान, विभिन्न व्यक्तिको नागरिकताको फोटोकोपि चार थान लगायतका सामग्री बरामद भएको उपरीक्षक गिरीले बताए ।

पक्राउ परेका दीपक सरकारी कागज तथा छाप किर्ते मुद्दामा २०६६÷६७मा पक्रउ परी एक वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन् ।

पक्राउ परेका दुबैअभियुक्तका सम्बन्धमा अनुसन्धन भइरहेको र तीनलाई सरकारी कागज किर्ते सम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । उनीहरुले वीरगन्जस्थित नारायणी अञ्चल यातायात व्यवस्था कार्यालयमा लेखापढी व्यवसायीको काम गर्दै आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस