यू–१९ विश्वकप छनोटः सिंगापुरसँगको दोस्रो खेलमा पनि नेपाल विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यू–१९ विश्वकप छनोटः सिंगापुरसँगको दोस्रो खेलमा पनि नेपाल विजयी


६ श्रावण २०७४, शुक्रबार


काठमाडौं ।  सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गतको आजको खेलमा नेपाल विजयी भएको छ । नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको हो ।

नेपालले सिंगापुरलाई १६९ रनको लक्ष्य दिएको थियो । १६९ रनको लक्ष्य पछ्यायी रहेको सिंगापुर ४६ ओभर ५ बलमा १ सय ४६ रनमा अलआउट भयो ।

सिंगापुरले पहिलो विकेटको लागि ओपनर रोशन रंगराजन र सिधान्तले ४० रनको साझेदारी गरेका थिए । रोशन २३ तथा सिधान्त २५ रनमा आउट भए । तर, त्यसपछिका ब्याट्सम्यानले उच्च रनको साझेदारी गर्न सकेनन् । सिंगापुरका हान्सुलदिप सिन्हानियाले ३२, सिन अग्रवालले २१ तथा युवराज सिंहले १९ रन जोडे ।

नेपालका कप्तान सन्दिप लामिछानेले ४ तथा पवन शर्राफ र किशोर महतोले समान दुई दुई विकेट लिए ।

सिंगापुरमाथी नेपालको यो लगातार दोस्रो जित हो । छनोटको पहिलो खेलमा पनि नेपालले सिंगापुरलाई ४ विकेट पराजित गरेको थियो । यो जितसँगै नेपालले न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ । छनोटमा नेपालले चार खेलबाट ६ अंक जोडेको छ । डबल राउण्ड रोबिनका आधारमा जारी छनोटको शिर्ष टोली अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस