योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश


५ श्रावण २०७४, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतले चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी) मा योग्यताक्रम (मेरिट) अनुसार विद्यार्थी भर्ना गर्न सम्बन्धित कलेजलाई आदेश दिएको छ ।

न्यायाधीश शारदाप्रसाद घिमिरे र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले सिफारिस गरेको योग्यताक्रम (मेरिट)अनुसार नै विद्यार्थी भर्ना गर्न आदेश दिएको हो ।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र वीरगन्जस्थित नेसनल मेडिकल कलेजले मेरिटका आधारमा विद्यार्थी भर्ना नगरी तोकिएकोभन्दा बढी शुल्क लिई भर्ना गरेका ५३ जना विद्यार्थीका विपक्षमा सर्वोच्चले सो आदेश दिएको हो ।

कलेजले आफूखुशी मनोमानी ढंगले बढी रकम लिएर भर्ना गर्नुलाई अवैध ठहर गर्दै योग्यताक्रमका आधारमा विद्यार्थीलाई भर्ना गर्न सो आदेशमा भनिएको छ ।

योग्यताक्रममा रहेका विद्यार्थीलाई कलेजमा भर्ना नलिई बढी पैसा बुझाएर भर्ना भएका सन्दीप कँडेलसहित २० जनाले असार ४ गते र युनिभर्सलमा भर्ना भएका ललितजंग शाहीसहित ३३ जनाले असार ८ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस