निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, २१ दिनको समयसीमा « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, २१ दिनको समयसीमा


५ श्रावण २०७४, बिहिबार


काठमाडौँ । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको नेतृत्वको निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि पाँच सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरूमा माधव अधिकारी, डा। विश्वकल्याण पराजुली, गणेशराज कार्की र योगेन्द्र शर्मा पौडेल सदस्यसचिव रहेका छन् ।

आयोगलाई २१ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको अर्थमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

संविधानतः प्रतिनिधिसभाको संख्या १६५ र प्रदेश सभाको संख्या त्यसको दोब्बर रहने प्रावधान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस