बम फाल्ने हवल्दार रानाको बढुवा, हवल्दारबाट असइ बने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बम फाल्ने हवल्दार रानाको बढुवा, हवल्दारबाट असइ बने


५ श्रावण २०७४, बिहिबार


काठमाडौ । स्थानीय तह निर्वाचन क्रममा असार १४ गते दाङको तुलसीपुर उपमहानगरपालिका– ३ स्थित आधारभूत विद्यालय प्रतापकोटअन्तरगत अम्बास मतदान केन्द्रमा अज्ञात समूहले फालेको बम समातेर चर्चामा आएको प्रहरी हवल्दार दुर्गावहादुर राना असइमा बढुवा भएका छन् ।

प्रहरी प्रवक्ता सर्वेन्द्र खनालका अनुसार रानालाई प्रहरी प्रधान कार्यालयले असइमा बढुवा गरेको छ । गृहमन्त्री शर्माको निर्देशनमा रानालाई बढुवा गरिएको हो ।

अज्ञात समूहले फालेको बम समातेर टाढा फालेर सम्भावित जोखिमबाट बचाएका रानालाई गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले साहसको प्रशंसा गर्दै उचित सम्मान गर्ने घोषणा पनि गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस