अध्यागमनका तीन अधिकृत तानिए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अध्यागमनका तीन अधिकृत तानिए


५ श्रावण २०७४, बिहिबार


काठमाडौं । अनियमितताको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयमा कार्यरत तीन जना अध्यागमन अधिकृत माथि छानवीन थालिएको छ ।

अध्यागमन कार्यालयका अधिकृतहरु ज्योति पौडेल, राजकुमार दुलाल र वलराम हाछेथु विभिन्न अनियमितताको घट्नामा मुछिएको पाइएपछि तीनै जनालाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । तीनै जनालाई जिम्मेवारीबाट मुक्त गर्दै अध्यागमन विभागमा झिकाएर छानवीन थालिएको हो ।

अध्यागमन विभाग स्रोतका अनुसार ती अधिकृतहरुले केहि दिन अघि मात्रै उज्ज्वेकिस्तान उडेकी नाजकट जानीपोभा नामक महिलाको नेपाली भिसा सच्चाएर र केरमेट गरेर ती विदेशी महिलालाई उज्ज्वेकिस्तान जान सहज बनादिएका थिए । केहि दिन अघि २ जना पञ्जावी नागरिकहरु नक्कली पासपोर्ट र भारतीय राजदुतावासकै नक्कली नो अव्जेशन लेटर प्रयोग गरि नेपालकै अध्यागमन हुँदै चिन गएका थिए तर चिनको गोञ्जाओ अध्यागमनले ती पञ्जावी नागरिकहरुले नक्कली कागजात प्रयोग गरेको भन्दै फिर्ता गरिदिएको थियो ।

यसैगरि नक्कली ग्रीनकार्ड प्रयोग गरेर अमेरिका जान लागेकाहरुलाई समेत ती अधिकृतहरुले राम्ररी कागजात नै नहेरि पठाउन खोजेको पाइएको अध्यागमन कार्यालय स्रोतले जाकारी दिएको छ । तिनै जना अधिकृतलाई वुधवार देखि नै जिम्मेवारी वाट मुक्त गराएर अध्यामगन विभागले छानवीन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस