जिप दुर्घटनामा चालकको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जिप दुर्घटनामा चालकको मृत्यु


५ श्रावण २०७४, बिहिबार


पाल्पा । अर्घाखाँचीको कुडापानीमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ धजाबान्नेका ३८ वर्षीय ताराबहादुर खत्री रहेका छन् ।

अर्घाखाँची जिल्लाको पाणिनीदेखि देउराली आउने क्रममा लु१ज १७९५ नं.को जिप दुर्घटना भएको थियो ।

घाइते चालक ताराबहादुर खत्रीलाई युनाइटेड मिसन अस्पताल, तानसेन ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस