चार दिनमा एक हजारभन्दा बढी मतदाता थप « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चार दिनमा एक हजारभन्दा बढी मतदाता थप


५ श्रावण २०७४, बिहिबार


पोेखरा । संघीय र प्रादेशिक निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले शुरु गरेको मतदाता नामावली दर्ताअन्तर्गत क्षेत्रीय निर्वाचन कार्यालय, कास्कीमा चौथो दिनसम्ममा एक हजार ३१४ जनाले आफ्नो नाम दर्ता गराएका छन् ।

साउनको १ गतेदेखि शुरु भएको नयाँ मतदाता नामावली संकलन तथा अध्यावधिअन्तर्गत हालसम्म ५५८ महिला र ७५६ जना पुरुष मतदाता थपिएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।

उनका अनुसार यही साउन १५ गतेसम्म क्षेत्रीय कार्यालय र साउन १६ देखि कास्कीका चारवटै गाउँपालिकाको केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलन गरिने भएको छ ।

स्थानीय तहको निर्वाचनमा मतदान गर्नबाट वञ्चित यस क्षेत्रका जनताले प्रचण्ड गर्मीमा पनि आफ्ना सबै काम थाती राखेर फोटोसहितको मतदाता नामावली दर्तामा उत्साह देखाएका छन् ।

मुलुकमा लोकतन्त्र प्राप्तिपछिको पहिलो निर्वाचनपछि नाम छुटेका मतदातामा पनि परिचयपत्रका लागि फोटो खिचाउनु पर्छ भन्ने भावना विकसित भएको सुवेदीले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस