नेपाली काँग्रेस कार्य समिति बैठक शनिबार बस्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाली काँग्रेस कार्य समिति बैठक शनिबार बस्ने


५ श्रावण २०७४, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी शनिबार बस्ने भएको छ ।

नेपाली काँग्रेसद्वारा बिहिबार जारी प्रेस विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको बैठक यही साउन ७ गते बिहान ८ बजे पार्टी कार्यालय, सानेपा, ललितपुरमा बस्ने जनाइएको छ ।

उक्त बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसअघि सो पार्टीले उक्त बैठक साउन ९ गते बस्ने भनेकोमा प्राविधिक कारणवश मिति हेरफेर गरिएको उल्लेख छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस