सेतीनदीमा बेपत्ता महिलाको शव फेला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सेतीनदीमा बेपत्ता महिलाको शव फेला


५ श्रावण २०७४, बिहिबार


पोखरा । सेतीनदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।

पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित पशुपति घाटबाट बेपत्ता भएकी दाङ जिल्लाको बणगलाचुली गाउँपालिका–३ पाखापानी बस्ने १८ वर्षीया संगीता नेपालीको शव तनहुँ जिल्लाको रिसिङ गाउँपालिका–१ हुक्सेखोलास्थित सेतीनदीको किनारामा भेटिएको हो ।

बुधबार साँझ भेटिएको शव मृतकको सानीआमा सुमित्रा नेपालीले सनाखत गरी परीक्षणका लागि जिल्ला अस्पताल तनहुँमा पठाइएको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ ।

सोमबार साँझ नुहाउने क्रममा सेतीनदीमा डुबेर उनीसँगै बेपत्ता भएका दाङ जिल्ला ताफेका १९ वर्षीय धोनी नेपाली र १७ वर्षीय सुनिल परियार अझै बेपत्ता छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस