यू–२३ मा नेपाल लेबनानसँग पराजित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यू–२३ मा नेपाल लेबनानसँग पराजित


५ श्रावण २०७४, बिहिबार


काठमाडौँ । एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप फुटबलको छनोट चरणको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा बुधबार राति १ बजे सम्पन्न खेलमा नेपाल लेबनानसँग २–० गोलअन्तरले पराजित भएको हो ।

नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल खायो । खेलको पहिलो हाफको २८औँ मिनेट र ९० औँ मिनेटमा लेबनानका हासान कुरानीले दुई गोल गदैँ आफ्नो टोलीको जित सुनिश्चित गरे ।

समूह डीमा रहेको नेपालले तीन खेल खेल्दा तीनै खेलमा पराजय भोग्यो भने प्रतियोगितामा एक गोल पनि नगरी स्वदेश फर्कने भएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस