प्रधानमन्त्री देउवा र राजदूत युसुफ बिन मोहम्मद अल हल बिच शिष्टाचार भेट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवा र राजदूत युसुफ बिन मोहम्मद अल हल बिच शिष्टाचार भेट


४ श्रावण २०७४, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हलले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले वार्ता र छलफलका माध्यमबाट नै कतारले छिमेकी मुलुकसँगको सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिनुभएको उहाँका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले कतारमा रहेका झण्डै चार लाख नेपाली कामदारको सुरक्षा र हितका बारेमा चासो राखेका थिए । सो अवसरमा राजदूत हलले कतारको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस