प्रतिष्ठानका संस्थापक अध्यक्ष मगर सम्मानित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रतिष्ठानका संस्थापक अध्यक्ष मगर सम्मानित


४ श्रावण २०७४, बुधबार


धनगढी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कैलालीले प्रतिष्ठानका कैलाली जिल्लाका संस्थापक अध्यक्ष धन बहादुर रोका मगरलाई सम्मान गरेको छ । प्रतिष्ठानले मगरलाई स्थानीय तह निर्वाचनमा नेकपा एमाले पार्टीबाट चुरे गाउँपालिकाको अध्यक्षमा विजयी भएकोमा सम्मान गरेको होे ।

प्रतिष्ठान कैलालीका अध्यक्ष दलबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिस्ठानका प्रदेश नं. ७ का संयोजक सुरत रावत (डोटेली कान्छा) प्रमुख अतिथि रहेका थिए । उक्त कार्यक्रममा प्रतिष्ठानका महाकाली संयोजक तीर्थराज पाण्डेय, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य दिल बहादुर छत्याल, प्रतिष्ठानका सेती अञ्चल सचिव दीर्घ फुलारा, प्रतिष्ठानका जिल्ला उपाध्यक्ष मनिराम आचार्य, जीवन गुरुङ, कवियत्री दीपिका भट्ट, नेपाल सांस्कृतिक संघ कैलालीका उपाध्यक्ष गोविन्द साउँद, विद्यार्थी साहित्य प्रतिष्ठानका अध्यक्ष तोयनाथ भट्ट लगाएतले बधाई ज्ञापन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस