सुन्तली काण्डमा मुछिएका डीएसपीको बढुवा रोक्न गृहमन्त्रीको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुन्तली काण्डमा मुछिएका डीएसपीको बढुवा रोक्न गृहमन्त्रीको निर्देशन


४ श्रावण २०७४, बुधबार


काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले एसपी बढुवा सिफारिसमा परेका विवादस्पद डिएसपी सन्जिव शर्मा दासलाई निलम्बन गरी अनुसन्धान अघि बाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री शर्माले आफ्नो फेसबुक वालमा पोष्ट गर्दै सामाजिक संजाल तथा सञ्चार माध्यमले डि एस पी सन्जिव शर्मा दास बारे उठाउनु भएको प्रश्नले बढुवा गर्दा भएको त्रुटिपूर्ण निर्णय सच्याउन मद्दत पुग्यो । सबैमा हार्दिक धन्यवाद । सन्जिव शर्मा बारे थप अनुशन्धान गर्ने गरि निलम्बन गर्न निर्देशन दिएको जानकारी गराउछु । भनेका छन् ।

पाँच वर्षअघि रामेछापको साबिक सैपू गाविस १, सिरेसमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्या प्रकरणका मुख्य अभियुक्त श्याम राउतलाई उन्मुक्ति दिई भगाएको आरोप लागेका डीएसपी शर्मालाई प्रहरी हेडक्वार्टरले तीन दिनअघिमात्र एसपी बढुवाका लागि सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस