काठको पुल भाँचिदा परियारको मृत्यु « प्रशासन
Logo २२ मंसिर २०७८, बुधबार
   

काठको पुल भाँचिदा परियारको मृत्यु


३ श्रावण २०७४, मंगलबार


जाजरकोट । यहाँको त्रिवेणी नलगाड नपा वडा नं. ३ मा काठको पुल भाँचिएर खोलाले बगाउँदा सोही स्थानका ४३ वर्षीय हुमबहादुर परियारको मृत्यु भएको छ ।

टट्टा र बाँस्कोटीको बीचमा रहेको साङ्टखोलामा रहेको काठको पुल भाँचिएपछि पुलको बीचमा हिँडिरहेका परियार सोमबार साँझ खोलामा परेका थिए । करिब २०० मिटर तल खोलाले बगाएपछि परियारको मृत्यु भएको स्थानीय लक्ष्मण रसाईलीले बताए ।

पक्की पुलको माग गर्दै आएका यहाँका स्थानीयवासी काठद्वारा निर्माण गरेको पुलको सहारामा खोला वारपार गर्ने गर्दथे । रासस

प्रतिक्रिया दिनुहोस