सेतीनदीले बगाउँदा तीनजना बेपत्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सेतीनदीले बगाउँदा तीनजना बेपत्ता


३ श्रावण २०७४, मंगलबार


पोखरा । पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित पशुपतीघाटबाट सेतीनदीले बगाउँदा तीनजना मजदुर बेपत्ता भएका छन् ।

सोमबार साँझ नुहाउने क्रममा सेतीले बगाउँदा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।

बालुवा झिक्ने मजदुरका रुपमा काम गर्ने तीनैजना काम सकेर नुहाउने क्रममा नदीले बगाएर बेपत्ता बनाएको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताए ।

उनका अनुसार सँगै नुहाउने गोम्छे नेपालीले खबर गरेपछि प्रहरी टोली उक्त स्थानमा पुगी बेपत्ता भएकाहरुको खोजी तीव्र पारिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस