सर्पले डसेका पाँच बिरामी अस्पतालमा « प्रशासन
Logo १७ मंसिर २०७८, शुक्रबार
   

सर्पले डसेका पाँच बिरामी अस्पतालमा


३ श्रावण २०७४, मंगलबार


गौशाला । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा आज बिहान सर्पले डसेका पाँचजना बिरामी उपचारका लागि आएका छन् ।

जिल्ला अस्पतालका अनुसार महोत्तरीको भंगहा गाउँका २४ वर्षीय रम्पल यादव, एकडारा गाउँका ३२ वर्षीया नसिमा खातुन, २९ वर्षीय उत्तमकुमार मण्डल र भारत विहार राज्यको सीतामढी जिल्लाका यद्युपट्टि बस्ने ६० वर्षीय समसुल हक र मतौना देवारी बस्ने १२ वर्षीय मेहताव अन्सारी रहेका छन् ।

उनीहरुमध्ये तीनजनालाई तराईमा जताततै पाइने विषालु सर्प गोमन र दुईजनालाई करैतले डसेको उनका आफन्तले बताएका छन् ।

आज बिहान ५ बजेदेखि नै जिल्ला अस्पतालमा एकपछि अर्को गरी धमाधम उपचारका लागि आएका उनीहरुको सघन उपचार भइरहेको जनाइएको छ ।

महोत्तरीमा अहिले अत्यधिक गर्मी बढ्न थालेको छ भने दैनिक जिल्ला अस्पतालमा सर्पदंशका १२ देखि १५ जनासम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नागेन्द्र यादवले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस