आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालको लगातार दोस्रो जित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालको लगातार दोस्रो जित


३ श्रावण २०७४, मंगलबार


काठमाडौं । सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

सिंगापुर क्रिकेट क्लब, पादाङमा टस जितेर फिल्डिङ रोजेको नेपालले मलेसियालाई ५८ रनमा अलआउट गर्‍यो ।

मलेसियाले दिएको ५९ रनको लक्ष्य नेपालले ९ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा आसिफ शेखले २३ तथा प्रनित थापा मगरले अविजित १८ रन बनाए । मलेसियाका हफिजुद्दीनले ३ विकेट लिए ।

मलेसियाका भिरणदिप सिंह र हैकल खैरले समान ९–९ , सैफुल्हा मल्लिकले ८ तथा अमर हजालनले ७ रन बनाए । मलेसियालाई सस्तैमा समेट्न कप्तान सन्दिप लामिछानेले ५ विकेट लिए । सिंगापुरविरुद्धको पहिलो खेलमा पनि ५ विकेट लिएका सन्दिपले ८ ओभर ५ बलमा एक मेडनसहित मात्र १७ रन खर्चिएर ५ विकेट लिएका हुन् । यस्तै नेपालका पवन सर्फारले ३ तथा किशोर महतो र सन्दिप सुनारले समान एक एक विकेट लिएका थिए ।

लगातार दोस्रो जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस